What is Internet Addiction
यस्ता व्यवहार देखिए इन्टरनेटको लत
- तपार्इं इन्टरनेटमा धेरै समय भिडियो गेम खेल्नमा बिताउनु हुन्छ ?
- के तपार्इं बाध्यात्मक हिसाबले अनलाइन सपिङ्ग गर्नु हुन्छ ?
- के तपार्इं आफ्नो फेसबुकमा आउने सूचनाहरू घरिघरि हेर्नबाट आफुलाई रोक्न सक्नु हुन्न ?
- के तपार्इंको यस्तो किसिमको बानीले दैनिक जीवन–काम, सम्बन्ध अथवा पढाईमा असर त परिरहेको छैन ?
यदि तपाईंको उत्तर ‘हो’ भने तपाईंलाई इन्टरनेटको लत (Internet Addiction) छ ।
विश्वव्यापी तथ्यांक हेर्ने हो भने आम जनसंख्याको करिब ३८ प्रतिशतमा यस्तो समस्या छ भने अमेरिकी तथा यूरोपेली देशमा जनसंख्याको ८ दशमलब २ प्रतिशतसम्ममा यो समस्या देखिएको विभिन्न अध्ययनले देखाएका छन् ।
इन्टरनेटको लतलाई (Internet addiction) यसरी वर्गीकरण गरिएको छ ः–
१. नेट कम्पलसन अर्थात् अनलाईन सपिङ्ग धेरै गर्ने ।
२. अनलाइन गेम प्लेइङ एडिक्सन अर्थात इन्टरनेटमा धेरै गेम खेल्ने लत ।
३. साइबर सेक्सुअल एडिक्सन अर्थात् इन्टरनेटमा पाइने यौन उत्तेजनात्मक लेख, पोस्टर वा भिडियोको लत ।
४. साइबर रिलेसन एडिक्सन अर्थात् धेरै मात्रामा च्याट, म्यासेन्जर, फेसबुक, इन्स्ट्राग्राम वा इमेल जस्ता सामाजिक सञ्जालको प्रयोग गरिराख्ने लत ।
इन्टरनेट वा स्मार्ट फोनका लतले गर्ने असर
अरु मानसिक समस्यामा जस्तंै एउटा मात्रै कारण यसमा भन्न सकिदैन ।
इन्टरनेटको लत विभिन्न प्रकारका जैविक, मनोवैज्ञानिक तथा सामाजिक कारणको समिश्रणले गर्दा हुन सक्छ ।
मानसिक लक्षण
- तनाव, चिन्ता तथा बेचैनी, उदासीनता ।
- निन्द्राको समस्या ।
- थकान महशुस हुनु ।
- रक्सिको दुरुपयोग बढ्नु ।
- कुनै कुरामा राम्ररी ध्यान केन्द्रित गर्न कठिन पर्ने वा कुनै नयाँ रचनात्मक कार्य गर्न गाह्रो पर्ने ध्यान केन्द्रित गर्न समस्या हुने ।
शारीरिक लक्षण
- ढाड दुख्ने ।
- टाउको दुख्ने ।
- घाँटी र गर्दन दुख्ने ।
- आँखामा समस्या (सुख्खापन र देख्नमा समस्या) ।
- खान मन नहुने ।
- वजन वा तौल घट्ने ।
इन्टरनेटसम्बन्धी लत (Internet Addiction) भन्नको लागि बिशेष गरि यति नै समय फोनमा बिताउनु पर्ने अथवा यति नै पटक सामाजिक सञ्जालमा आउने सूचना हेरिरख्नु पर्ने भन्ने छैन ।
तर जब यसले हाम्रो दैनिक जीवनका सम्बन्ध, काम वा पढाईमा असर गर्न थाल्छ त्यो बेला यसलाई समस्या मानिन्छ ।
यस्तो समस्याको संका लागेमा के गर्ने ?
१. सर्वप्रथम यो समस्या हो वा होइन भनेर पहिचान गर्ने । जबसम्म समस्या हो कि भनेर सोचिन्न तबसम्म उपचारको लागि अघि बढिन्न ।
२. व्यवहार परिमार्जन गर्ने
- फोन वा इन्टरनेट कति समय चलाउने भन्ने कुरा दैनिकीका आधारमा निर्धारण गर्ने वा आफुले गर्नुपर्ने केहि कार्य सकेपछि सो सकेको इनामको रुपमा मात्र प्रयोग गर्ने ।
- दिनमा केहि समयका लागि आफ्नो फोन बन्द गर्ने (जस्तंै गाडी चलाउँदा, खान खाँदा, बच्चाबच्चीसँग खेल्दा र बाथरुम जाँदा) ।
- रातको समय सुत्न लाग्दा फोन प्रयोग नगर्ने ( फोनबाट उत्सर्जन हुने निलो किरणले निन्द्रामा समस्या ल्याउँछ ) ।
- कहिलेकाही एक्लो रहँदा वा अल्छी लाग्दा फोन चलाउनबाट रोक्न गार्हो हुन सक्छ । यस्तो अवस्थामा अरु कुनै कार्यप्रति ध्यान केन्द्रित गर्ने (जस्तै ध्यान गर्ने, कुनै किताब पढ्ने वा कुनै साथीसँग गफ गर्ने) ।
- फोन बाट फेसबुक, इन्स्ट्र, म्यासेन्जर, ट्वीटर जस्ता एपहरु हटाउने ।
- कतिपय व्यक्तिमा बारम्बार फोन हेर्ने वा चलाउने बानी हुन्छ । यस्तो अवस्थामा फोनको प्रयोग गर्ने समयावधि बिस्तारै सिमित गर्दै लग्न सकिन्छ । (जस्तै पहिले १५ मिनेटको अन्तरमा सिमित राख्ने त्यसपछि ३० मिनेट अनि बिस्तारै १ घण्टा ।)
- कहिलेकाही अलार्म राखी प्रयोग गर्ने समयअवधि निर्धारण गर्ने ।
माथि उल्लेखित तरिकाहरु बाहेक समस्याको अवस्था हेरी आवश्यकता अनुसार कग्निटिभ बिहेबियेर थेरापी जस्ता मनोवैज्ञानिक उपचार विधिको प्रयोग समेत गर्नुपर्ने हुन सक्छ ।
This article was written by our Psychiatrist Dr. Kenison Shrestha and was published in Hamro Doctor news online paper on August 19, 2019. This article was more focused on the current alarming issue regarding excess use of the internet or smartphone. Globally, internet addiction is increasing. As a result, this is hampering the quality of life in people. This is why awareness and limitation of Internet and smartphone use should be limited. This article highlights the symptoms, causes and possible solutions to reduce excessive use of the internet or smartphone addiction.
Recent Comments